• Phone:+977-9843183635
  • info@omsunar.com
  • omsunar2012@gmail.com

राजेश हमालले  नृत्य गरेको गोलि सिशामा अब  रमित ढुंगाना नाच्ने   भएको छन्  

24
Apr

राजेश हमालले  नृत्य गरेको गोलि सिशामा अब  रमित ढुंगाना नाच्ने   भएको छन्  

पुराना निकै चर्चित तथा लोकप्रिय गीतहरुलाई रिमेक गरी नयाँ चलचित्रमा समावेश गर्ने चलन अहिले निकै देखिएको छ । यस्तैमा, नायक राजेश हमालले  नृत्य गरेको गोलि सिशामा अब  रमित ढुंगाना नाच्ने   भएको छन्  ।

नायक रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’मा यो गीत समावेश हुनेछ । टिका भण्डारीको संगीत रहेको उक्त गीतलाई ओम सुनारले रिमेक गर्दैछन् । पुरानो गीतमा उमेश पाण्डे र रमला श्रेष्ठले स्वर दिएका थिए भने रिमेक गीतमा ओम सुनार  र इन्दिरा जोशीले स्वर दिनेछन् । ओमका अनुसार अबको केही दिनमा उक्त गीतको रेकर्डिङ हुनेछ ।

यो गीतको भिडियोमा ३०० बढी कोरसको प्रयोग गरिने बताइएको छ । भिडियोलाई रामजी लामिछानेले करियोग्राफी गर्नेछन् । चलचित्रको यो गीतमा नायक ढुंगानाको साथमा २ नायिकाले नृत्य गर्नेछन् ।
पुरानो गीतको भिडियोमा शान्ता नेपालीको नृत्य निर्देशन थियो ।

विचल किराती को  निर्देशनमा बन्न लागेको ‘राजा साहेब’मा सरु राईको लगानी रहनेछ । चलचित्रका लागि अहिले नायिकाको छनोट भइरहेको छ । नायिका पक्का भएसँगै चलचित्रको छायांकन सुरु गरिने बुझिएको छ । साभार onlinekhabar.com

Contact Us

Please find below contact details
and contact us today! Our experts always ready to help you.

Inquery Now

Over 7 years of experience we’ll ensure you get the heavy enjoy.