• Phone:+977-9843183635
  • info@omsunar.com
  • omsunar2012@gmail.com

चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा

24
Sep

चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा

नेपाली कथानक चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा संगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन् ।
सो अवसरमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाइ नासो संस्थाका तर्फबाट सम्मान गरिएको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतलगायतले सम्मान गरेका थिए ।

बिभिन्न किसिमका सामाजिक भेदभावको बिषयमा केन्द्रित भएकोले यो चलचित्रको प्रिमियम शो बाल्टिमोरमा गरिएको नासोका अध्यक्ष गोपाल विश्वकर्माले बताएका छन् । प्रिमियर शो मा चलचित्रले उठाएको बिषय र चलचित्रको प्रस्तुतिले तारिफ बटुलेको निर्माता सुनारले  जानकारी दिए ।

चलचित्रमा ओम सुनार र कबित श्रेष्ठको स्वर सुन्न सकिन्छ भने  शिखा नेपालको संगीत रहेको छ ।
दीपक परियारको निर्देशन रहेको चलचित्रमा सुशील क्षेत्री, पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद सुनार भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाइ भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । नेपालमा भने चलचित्र बैसाखमा रिलिज हुने छ ।

Contact Us

Please find below contact details
and contact us today! Our experts always ready to help you.

Inquery Now

Over 7 years of experience we’ll ensure you get the heavy enjoy.