• Phone:+977-9843183635
  • info@omsunar.com
  • omsunar2012@gmail.com

गुरु र गुरु पुर्णिामा

27
Jul

गुरु र गुरु पुर्णिामा

‘गुरुपूर्णिमा’लाई धेरै नाम ले चिन्ने गर्द छौ जस्तै अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती आदि । पूर्वीय दर्शन अर्थात सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम भएको मानिन्छ ।
गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण , उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका छ्न । यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन् भन्ने हिन्दु धर्मावलम्बीको बिश्वास छ। गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो ।उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै गुरुहरूबाट टीका थाप्ने चलन छ। हिन्दु मान्यता अनुसर संगीत कला लगायत ६४ कलाको विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो।

त्रेता युगमा मर्यादापुरूषोत्तम राम सहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्ण ले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ। पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए। गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको थियो।भगवान गौतम बुद्ध ले पनि आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन अर्थात गुरु पुर्णिामाकैदिन दिनु भएको थियो त्यसैले गुरु पुर्णिामाको दिनलाई बौद्ध धर्मावलम्बीले धर्मचक्र प्रवर्तन दिवसका रूपमा मनाउने गर्द छ्न ।  

गुरु शब्दा आफैमा बिशाल छ , सम्माननि र आदरणीय छ । बर्तमान समयमा गुरूलाई शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन् । गुरु तेस्तो ब्यक्ति हो जस्ले मार्ग निर्देशन गर्द छ । हामिभित्रको अज्ञातको जालोलाइ हटाएर बौद्धिकताको उज्यालो छर्ने काम गर्द छ। अभिभावक भएर हौसला दिनुका साथै ब्याक्तित्व बिकासका , आत्मबिश्वासि र सकारात्मक सोच्को सिर्जना गर्न सक्ने गुणहरु भरी दिन्छ ।
गुरु सस्कृत शब्द हो । यस्को आफ्नै अर्थ हुन्छ यस्को आफ्नै महत्त्व छ । सस्कृतमा ” गु – को अर्थ हुन्छ अँध्यारो र रु को अर्थ हुन्छ हटाउने ” यस्बाट के स्पष्ट हुन्छ भने हाम्रो जिबनमा भएको याबत सम्स्या हरुबाट छुट्करा दिलाउने त्यो ब्याक्ती गुरु हो ।

गुरु जीवन दाता हो , गुरु भग्वान हो , गुरु साथी हो , गुरु साथी हो , हामिलाइ मर्गनिर्देशन गर्ने ब्याक्ती , हामिलाइ हौसला प्रदान गर्ने ब्याक्ती साथै नकारात्मक कुकृतिहरुगरि तेस्ता कार्य गर्न बाट सजक गराउने ब्याक्ती हरुपनि गुरु हुन, जस्ले हामीलाई सजक रहन सिकाउने गर्द छ्न । गुरु हुन लाई केसै फुल्न पर्छ भन्ने चाहिँ छैन । हामी ले यो सन्सरमा भएका भौतिक र अभौतिक चिजहरु मार्फत केही सिक्छौ वा ज्ञान लिन्छौ भने त्यो हाम्रो लागि गुरु हो । गुरु सन्सार निर्माण गर्ने ब्यत्ती हो जस्ले ब्यात्ती , घर , टोल , गाउँ , समुदाय , समाज हुँदै सिङ्गो देशका साथै बिस्वको निर्माण गर्द छ । हरेक जात , धर्म , सस्कृती र भुगोल अनुसार गुरुहरुलाइ गरिने सम्मानका तवर तरिकाहरु फरक फरक छ्न । जस्ले जे जसरी सम्मान गरेपनि गुरु र गुरुप्रती आदर गर्ने हरेक ब्याक्तीहरुलाइ गुरु पुर्णिामा को मंगलमय शुभकामना ब्याक्त गर्द छु ।
साथै मेरो सम्पुर्ण आदरणीय गुरुहरुप्रती नमन व्यक्त गर्द छु । जय गुरु देब

ओम सुनार
२०७५/०४/११

Contact Us

Please find below contact details
and contact us today! Our experts always ready to help you.

Inquery Now

Over 7 years of experience we’ll ensure you get the heavy enjoy.